२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित

२०७७, ३१ भाद्र बुधबार ११:२७

 भदौ ३१, (रासस/एपी/एएनआई ) : जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । 

जापानको संसदमा बुधबार भएको निर्वाचनमा उहाँ अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उहाँले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाउनु भएको हो । 

किसानको छोरा सुगा अहिले ७१ बर्षको हुनुभएको छ । उहाँ सन् १९९१ मा प्रधानमन्त्री बन्नु भएका किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री हुनु भएको छ । 

प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उहाँले देश र जनताको लागि काम गर्न आफु सँधै प्रतिबद्ध रहेको बताउनुभएको छ । “मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,” उहाँले भन्नुभयो । 

उहाँले आफुले सवैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताउनु भएको छ । त्यसका लागि सवैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । 

उहाँको मन्त्रीपरिषद्मा पूर्व अर्थ मन्त्री तारो असो र विदेश मन्त्री तोशिमित्सु मोतेगी दोहोरिने संभावना देखिएको छ ।

सुगाले यसअघि लिएको मन्त्रीपरिषद्को मुख्य सचिवको जिम्मेबारी भने तत्कालिन स्वास्थ्य मन्त्री कत्सुनोबु कातोले पाउने अपेक्षा गरिएको छ ।  

निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको अति निकटस्थ पात्रका रुपमा रहनु भएका सुगालाई यसअघि गत सोमबार उहाँ पार्टीको प्रमुखमा निर्वाचित गराइएको थियो । 

सुगाले आबे नेतृत्वको सरकार रहेका बेलामा सरकारको मुख्य प्रवक्ता र मन्त्रीपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेबारी निर्वाह गर्नुभएको थियो । 

गत सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उहाँले ३७७ मत प्राप्त गर्नुभएको थियो । उहाँसँग प्रतिश्पर्धा गर्नुभएका पूर्व विदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गर्नुभएको थियो । 

निवर्तमान प्रधानमन्त्री आबेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउदै प्रधानमन्त्री पद त्यागको घोषणा गर्नुभएको थियो । 

उहाँ शुरुमा सन् २००६ देखि २००७ सम्म पहिलो पटक प्रधानमन्त्री हुनुभएको थियो । त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउदै पद त्याग गर्नुभएका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरी प्रधानमन्त्रीमा निर्वाचत हुनुभएको थियो । त्यसपछि केही दिन अगाडिसम्म उहाँ लगातार प्रधानमन्त्री हुनु भएको थियो । 

जापानमा सवैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको नेताका रुपमा रहनु भएका ६५ बर्षिय आवेले आफ्नो कार्यकाल अझै झण्डै एक बर्ष बाँकी रहेकै बेलामा राजीनामा दिनुभएको हो । उहाँले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उहाँसँग काम गर्नुभएको थियो । 

जापानमा अहिलेपनि आबेलाई अति लोकप्रिय नेताका रुपमा लिइने र पार्टी भित्र पनि उहाँको प्रभाव अत्यधिक धेरै भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने