पढ्न करिब 1 मिनेट लाग्छ

असोज १, काठमाडौँ (रासस) । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीलाई आज उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो ।

सो अवसरमा राजदूत पराजुलीले सम्पदामन्त्रीलाई नेपालको गर्विलो संस्कृति, प्रचूर प्राकृतिक पर्यटन तथा रमणीयस्थलबारे जानकारी दिँदै पछिल्लो दिनमा ओमानबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा समेत मन्त्री मरहुक्कीलगायत ओमान सरकारसँग पर्यटन प्रबद्र्धनमा सहकार्यका लागि अनुरोध गर्नुभएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओमानी सम्पदामन्त्री मरहुक्कीले नेपालको प्राकृतिक सम्पदा एवम् सांस्कृतिक विविधताको प्रशंसा गर्दै आगामी दिनमा पर्यटन क्षेत्रमा सहकार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले गत डिसेम्बरमा भएको सङ्ग्रहालयसम्बन्धी सम्झौताबारे प्रसन्नता व्यक्त गर्दै निकट भविष्यमा पर्यटन क्षेत्रमा पनि एक सम्झौतामा हस्ताक्षर हुने बताउनुभयो ।

उहाँले ओमानको पर्यटन प्रबद्र्धनमा नेपाली जनशक्तिको विशेषगरी आतिथ्यताका क्षेत्रमा राम्रो योगदान रहेको पनि उल्लेख गर्नुभयो ।