२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेल सञ्चालन दुई महिनापछि

२०७७, ५ आश्विन सोमबार ०२:१५

असोज ५, जनकपुरधाम । नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ ।

रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको सीमा नाका सिल गरिएका कारण तत्काल रेल चलाउन नसकिने रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । 

उनले रेल नेपाल आइसके पनि रेलको परीक्षणपछि यसको बरबुझारथ प्रक्रिया हुन कम्तीमा अरु एक महिना लाग्ने छ ।

उनले रेल सञ्चालनको सुरुमा प्राविधिक जनशक्ति भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।

रेल सञ्चालन गर्नुअघि भारतीय पक्षले तयार पारेको रेलको लिक हस्तान्तरण हुने र त्यसपछि रेल सञ्चालन हुने छ । ८४ करोड ६५ लाख रुपियाँमा जी टु जी प्रक्रियाबाट खरिद गरिएको दुईवटा रेल को २० प्रतिशत भुक्तानी भइसकेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्र साहले बताए ।

हाल जनकपुरधामको कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुने सो रेल शुक्रबार दिउँसो २ बजे जनकपुरधाम आएको र परीक्षणपश्चात् शनिबार साँझ भारतको जयनगरमा रहेको नेपाल रेल्वे स्टेसनमा लगेर पार्किङ गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा धर्बेन्द्र झाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने