पढ्न करिब 1 मिनेट लाग्छ

साउन १४, काठमाडौं । सरकारको नेतृत्व लिने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले नयाँ र पुराना अनुहार समेटेर सरकारमा जाने मन्त्री छान्ने तयारी अगाडि बढाएका छन् ।

माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक नै आहृवान गरेर अब बन्ने सरकार र मन्त्रीहरुको विषयमा बिहीबार छलफल गरेको छ ।

बैठकले मन्त्री चयनका लागि तीन आधारसहितको मापदण्ड तय गरेको छ । मापदण्डअनुसार काम गर्न सक्ने, क्षमतावान र नेतृत्वलाई सघाउने व्यक्तिलाई मन्त्री बनाइने भएसँगै पुराना र नयाँ दुबै अनुहार मन्त्री बन्ने भएका हुन् ।

केपी ओली नेतृत्वको सरकारमा सहभागी भएकालाई पुनः मन्त्री बनाउन नहुने दबाब बढेको थियो । तर अहिले त्यो समस्या पनि समाधान भएको छ ।

जसमा समानुपातिक प्रतिनिधित्व, प्रभावकारी काम गर्न सक्ने क्षतावान् व्यक्ति र सरकारको नेतृत्व (प्रधानमन्त्री) लाई सहयोग गर्ने स्पिरिटका आधारमा मन्त्री छान्ने मापदण्ड तय गरेको छ ।

बैठकमा सदस्यहरुले अब सरकारमा सहभागी भएर उत्कृष्ट काम गर्न नसके पार्टी नै अप्ठेरोमा पर्ने धारणा राखेका थिए । -राजधानी दैनिक