साउन १४, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वका नेपाली काँग्रेस र अन्य केही दलको समेत सहमतिमा नयाँ सरकार गठन हुन लागेपछि मन्त्रीखान दौडधुप गर्नेहरुको संख्या बढ्दै गएको छ ।

मन्त्री पद पड्काउन काँग्रेसभित्र त माराम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वका नेपाली काँग्रेस र अन्य केही दलको समेत सहमतिमा नयाँ सरकार गठन हुन लागेपछि मन्त्रीखान दौडधुप गर्नेहरुको संख्या बढ्दै गएको छ ।

मन्त्री पद पड्काउन काँग्रेसभित्र त माराम"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीको लागि मुख मिठ्याउनेहरु को-को छन् ?

१४ श्रावण २०७३, शुक्रबार ०२:०८

साउन १४, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वका नेपाली काँग्रेस र अन्य केही दलको समेत सहमतिमा नयाँ सरकार गठन हुन लागेपछि मन्त्रीखान दौडधुप गर्नेहरुको संख्या बढ्दै गएको छ ।

मन्त्री पद पड्काउन काँग्रेसभित्र त मारामार नै सुरु भएको छ । त्यसको रोग माओवादीभित्र पनि भित्रिएको छ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारमा माओवादीबाट सहभागी भएका एकाध मन्त्रीको बाहेक अन्य मन्त्रीको कार्यशैली जनपक्षीय नभएको, जनताको पक्षका वरको सिन्को पर समेत नसारेको आरोप खेपेका समेत पछिल्लो दिनमा मन्त्री खान ज्यान फालेर लागेका छन् ।

पद तथा अवसर पाएको बेला काम गर्न नसक्ने, सधैँ पद र अवसरको मात्रै खोजीमा लाग्ने प्रवृत्तिमा पोख्त भएकाहरु विभिन्न लोभ प्रलोभन देखाएर हुन्छ कि पार्टी नेतृत्वलाई धम्क्याएर हुन्छ कि वा कसरी हुन्छ जसरी भएपनि मन्त्री पद पड्काउन लागिपरेको छन् ।

भारतीय विद्यालयलाई अनुमति पत्र दिएर माओवादी नेतृत्वलाई बदनाम तुल्याएको आरोप लागेका गिरिराजमणि पाखरेल समेत पुनः आफू मन्त्री बन्न पाउनु पर्छ भन्दै रोइलो सुरु गरेको स्रोतको दावी छ । भारतीय विद्यालयलाई कारवाही गरेर कानुनको दायरामा ल्याउनु त परै जाओस् बिना कुनै आधार अनुमतिपत्र दिएका थिए ।

उनीहरु पेरिसडाँडालाई धम्की दिएर हुन्छ कि, अरु पार्टीमा जान्छु भन्ने धम्की दिएर हुन्छ कि वा के भनेर हुन्छ, जे भन्दा मन्त्री बन्न पाइन्छ, त्यही भनेर मन्त्री पद पड्काउने दाउमा लागेका छन् । उनीहरु संयुक्त रुपमा वा एक्ला एक्लै नेतृत्वसँग भेटेर मन्त्री त हुन पर्यो नी कमरेड भन्दै दबाव दिन सुरु गरेका छन् । अवसर पाउँदा कुनै काम नगर्ने, यस कारणले सकिएन, त्यसो कारणले सकिएन, अवसर प्राप्त भएन,कर्मचारीले काम गर्न दिएनन् भन्ने वाहाना निकालेर फेरि पनि मन्त्री बनाउन अनुनय विनय गर्न थालेका छन् ।

नयाँ बन्ने सरकारमा माओवादीले प्रधानमन्त्री, अर्थमन्त्री, सूचना तथा सञ्चार, ऊर्जालगायतका महत्वपूर्ण मन्त्रालय सम्हाल्ने छ भने काँग्रेसले गृहसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने चर्चा छ । आन्दोलनमा रहेको उपेन्द्र यादव नेतृत्वको फोरम समेत परराष्ट्र मन्त्रालयको नेतृत्व गरेर सरकारमा सहभागी हुने जनाइएको छ ।

नेकपा(संयुक्त)लाई पनि एक मन्त्री पद चिट्ठा पर्ने वाला छ । राप्रपालाई समेत एक मन्त्रालय दिइने बताइएको छ । तर कमल थापासँग एकता गर्न लागेकाले राप्रपा सरकार सहभागी हुन्छ वा हुँदैन तत्काल निर्णय भइसकेको छैन । यस्तै एक सिटे प्रेमबहादुर सिंहको पार्टी निर्वाचन आयोगले खारेज गरिदिएपनि मन्त्रीको आकाक्षी रहेका छन् । तत्काल विजय गच्छदारलाई सरकारमा सहभागी नगराइने भएको छ । -जनआह्वान साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार