२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने सम्भावना

२०७७, १७ आश्विन शनिबार ०२:५४

असोज १७, काठमाडौं । संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं–तिहारमा पहाडी जिल्लामा समेत फैलिने स्थिति रहेको बताए। ‘दसैं आउँदैछ, अब घर जानेहरूले गाउँ–गाउँमा पु(याउने स्थिति छ,’ उनले भने। दैनिक ७० भन्दा बढी जहाजबाट आउनेका कारण पनि संक्रमण गाउँगाउँमा पुग्ने स्थिति रहेको उनको विश्लेषण छ।

यही अवस्थामै थप फैलिन नदिन सरकारले आवतजावत गर्नेहरुको २४ घण्टे पिसिआर रिपोर्ट हेरेर मात्र पठाउने र रिपोर्ट नहुनेलाई बाटैमा जाँच गरी आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनुपर्ने सुझाए। ‘लक्षण नभएकाको छिटो परीक्षणका लागि शुल्क घटाएर ७ सय ५० लिनुप¥यो, लक्षण भएकाको निःशुल्क गर्नुप(यो,’ उनले भने।

संक्रमितमध्ये १० देखि १५ प्रतिशतमा मात्र कडा लक्षण देखिने भएकाले यो समूहका लागि उपचार व्यवस्थापनमा ध्यान दिनुपर्ने डा. मरासिनी र राष्ट्रिय इपिडिमियोलोजी महाशाखाकै जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाको सुझाव छ। आइसोलेसनमा बस्नेका लागि भन्दा अस्पताल भर्ना हुनेका लागि आइसियु, अक्सिजन र भेन्टिलेटर भएका शड्ढयामा वृद्धि गर्नुपर्छ,’ कोइरालाले भने। उपचार सेवा प्रभावकारी भए संक्रमितको मृत्युदरमा कमी ल्याउन सकिने उनीहरूको तर्क छ।

हाल उपत्यकाका हकमा बैंक, प्रहरी, स्वास्थ्यकर्मी, मालपोतजस्ता सेवा प्रवाह गर्ने कार्यालय, सपिङ मल र बजारबाट बढी संक्रमण फैलिरहेको पाइएकाले यी ठाउँलाई पूर्ण रूपमा संक्रमणविहीन बनाउने मापदण्ड लागू हुनुपर्ने डा. मरासिनीको सुझाव छ। ‘शून्य संक्रमणयुक्त सेवा दिनेगरी यी ठाउँमा मापदण्ड पालना हुनुपर्छ,’ उनले भने। यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा