Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

थप २४४० जनामा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौँमा कति ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १९, काठमाण्डाै । बितेको २४ घण्टामा दुई हजार चार सय ४० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८९ हजार दुई सय ६३ पुगेकाे छ ।

पछिल्लाे १३ हजार सात सय ८१ जनाकाे नमुना परीक्षण गर्दा दुई हजार चार सय ४० जनामा सङ्क्रमण देखिएकाे हाे ।

त्यस्तै गएकाे २४ घण्टामा एक हजार एक सय ३३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ६५ हजार दुई सय दुई पुगेको छ ।

अब २३ हजार पाँच सय सात जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार ३३ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज उपत्यकामा १५३१ जना सङ्क्रमित थपिएका छन् ।