२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपतिका लागि ४० लाखले मतदान गरिसके

२०७७, २० आश्विन मंगलवार १६:३६

असोज २०, वासिङ्टन (रासस–एपी) –– अमेरिकी राष्ट्रपतिको चुनावको मिति आउन एक महिना बाँकी रहँदै हुलाक मार्फत् ४० लाखभन्दा बढीले मतदान गरिसकेका छन् । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बर ३ तारिखमा मतदान हुँदैछ । 

अमेरिकी निर्वाचन परियोजनाका अनुसार सन् २०१६ को भन्दा यो संख्या ७५ हजारभन्दा बढी हो । कोरानाभाइरस महामारीको अवस्थामा हुलाकबाट मतदान गर्नु सुरक्षित ठान्ने ठूलो संख्याका मतदाताहरुले चुनावको मितिभन्दा अघि नै मतदान गरेका हुन् । अमेरिकाका कैयौं राज्यले यसपटक हुलाक मार्फत मतदान गर्न अनुमति दिएका थिए । 

फ्लोरिडा विश्वविद्यालयका माइकल म्याकडोनाल्डले अमेरिकामा चुनावको मिति अघि नै यति ठूलो संख्यामा मतदान भएको पहिलो पटक देखिएको बताउनुभयो ।

उहाँले मतदान गर्नुअघि नै उम्मेदवारका बारेमा निर्णय गरिसक्ने र यसपटक पनि राष्ट्रपति ट्रम्प र विपक्षी जो बाइडेनका बारेमा निर्णय गरिसकेका छन् भन्नुभयो । 

उहाँले यसपटकको चुनावमा करिब १५ करोड अर्थात् करिब ६५ प्रतिशत अमेरिकीले मतदान गर्ने पूर्वानुमान गर्नुभयो । सन् १९०८ यता यो सबैभन्दा ठूलो संख्या हुनेछ ।

अमेरिकी राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेन उम्मेदवार हुनुहुन्छ ।

पछिल्लो जनमत सर्वेक्षणहरुले बाइडेनको पक्षमा केही झुकाव देखाए पनि दुबै उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन् । 

अमेरिकी निर्वाचन आयोगका अनुसार मतदान स्थलमा गएर मतदान गर्ने अमेरिकीहरुको संख्यामा निरन्तर कमी आइरहेको छ । बरु हुलाक मार्फत हुने मतदाताको संख्या निरन्तर बढ्दै गएको छ ।

सन् २००४ मा करिब २ करोड ५० लाख मतदाताले हुलाक मार्फत मतदान गरेकामा सन् २०१६ मा ५ करोड ७० लाखले यस्तो मतदानमा भाग लिएको आयोगको भनाई छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाक मार्फत हुने मतदानबाट धाँधलीको सम्भावना बढी हुने आरोप लगाउनु भएको छ । तर विज्ञहरुले ट्रम्पको आशंका विश्वासयोग्य नरहेको दाबी गरेका छन् । 

राष्ट्रपति निर्वाचनमा निकै प्रभाव पार्ने फ्लोरिडा राज्यमा डेमोक्रेट समर्थक २४ लाख मतदाताले हुलाक मार्फत मतदान गर्न फारम भरेका छन् भने २ लाख ८२ हजारले मतपत्र पठाइसकेका छन् ।

रिपब्लीकनले भने १७ लाख मतपत्र अनुरोध गरेकामा १ लाख ४५ हजारले मतपत्र हुलाकमा बुझाइ सकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन