२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

२५ आश्विन २०७७, आईतवार ११:५७

असोज २५, वासिङ्टन (रासस–एपी) –– संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट शनिबार साँझ सम्बोधन गर्नु भएको छ । 

राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उहाँबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोनाभाइरस संक्रमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो । 

राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोरानाभाइरसका लक्षणहरु नदेखिएको र उहाँ पूर्ण स्वस्थ रहेको बताउनुभएको छ । 

अमेरिकामा हालसम्म ७७ लाखभन्दा बढी मानिस कोरानाभाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

राष्ट्रपति ट्रम्पमाथि कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन पर्याप्त काम नगरेको आरोप लाग्दै आएको छ । राष्ट्रपति स्वयंले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने नीतिमाथि व्यंज्ञ गर्दै आउनु भएको छ । 

ह्वाइट हाउसको शनिबार आयोजित सार्वजनिक समारोहमा पनि राष्ट्रपति ट्रम्पले मास्क लगाउनु भएन । तर उहाँका वरिपरि अरु व्यक्ति थिएनन् । कोरोना उपचार पछि उहाँ गत सोमबार ह्वाइट हाउस फर्कनु भएको थियो । 

राष्ट्रिय मत सर्वेक्षणमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनभन्दा पछि देखिनु भएका राष्ट्रपति ट्रम्पले अब विभिन्न राज्यमा चुनावी सभाहरुमा सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ । 

राष्ट्रपति ट्रम्पले सोमबार फ्लोरिडामा सम्बोधन गरी मंगलबार र बुधबार क्रमशः पेन्सिलभेनिया र आयोवा राज्यमा चुनावी सभामा सम्बोधन गर्नु हुनेछ । 

ह्वाइट हाउसको सम्बोधनमा उहाँ निकै आत्मबलका साथ बोल्नु भएको थियो । उहाँले विगतमा झैं विपक्षी डेमोक्रेटमाथि “समाजवादी” र “वामपन्थी” एजेन्डा बोकेको आरोप लगाउनु भएको थियो । आफूले कानुनी शासन र अर्थतन्त्रलाई सही बाटोमा ल्याउन निरन्तर कार्य गरिरहेको दाबी गर्नु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली