२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्ध एयरको २४ वर्ष : गुणस्तरीय सेवासँगै पर्यटन विकासमा जोड

२०७७, २५ आश्विन आईतवार १२:००

असोज २५, काठमाडौँ (रासस) । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आज आफ्नो २४ औँ वार्षिकोत्सवका अवसरमा आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेको छ ।

सन् १९९७ मा आजकै दिन अर्थात् अक्टोबर ११ मा नेपाली आकाशमा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुआतमा अमेरिकाबाट ब्राण्ड न्यू जहाजबीच क्राफ्ट १९०० डी भित्र्याएको थियो । आज २३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३ जहाज, एक हजारभन्दा बढी कर्मचारी तथा लाखौँ देशीविदेशी यात्रु जोडिन आइपुगेका छन् ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अनवरत यात्रामा यात्रुको सेवा गुणस्तर तथा सामाजिक उत्तरदायित्वलाई ख्याल गरी सेवा विस्तार र प्राविधिक क्षमता अभिवृद्धि गर्न कम्पनी लागिपरेको  बताउनुभयो । उहाँका अनुसार  उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गरिएन ।

बुद्धले बन्दाबन्दीमा झण्डै ६ महिना आम्दानी पनि शून्य रहेका अवस्थामा  आफ्ना एक हजार १०० कर्मचारीलाई नियमित रूपमा तलब वितरण गरिएको जनाएको छ । प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजको मर्मतसम्भार रेखदेखमा कुनै पनि अवरोध नआओस् भन्ने हो । हामीले यस दौरान एक जना कर्मचारी पनि कटौती नगरी आवश्यक सबै तालीम सम्पन्न ग¥यौँ ।”

बुद्ध एयरले बन्दाबन्दीको केही दिनमै सङ्क्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएको थियो । कम्पनीले यसलाई  अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालीम तथा पिपिई प्रदान गरी उडान गन्तव्यमा पूर्वाभ्यास गरेको थियो ।  सेप्टेम्बर २१ देखि  उडान सञ्चालन हुने भएपछि बुद्ध एयरले भाडा दरमा भारी कटौती गरेको छ । निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा सङ्क्रमणरहित यात्रा गरून् भन्ने उद्देश्य रहेको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

आर्थिक चलायमानका सूचकाङ्कमा यात्रुको ओहोरदोहर पनि एक हो । आन्तरिक पर्यटनलाई पुनः गति दिन बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचारप्रसार गर्दै यसको भगिनी संस्था बुद्ध होलिडेजमार्फत प्याकेज पनि ल्याएको छ । सुरक्षित र सङ्क्रमणरहित तरिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्न सकेका खण्डमा विदेशी पर्यटकलाई पनि आत्मबल पुग्न जाने बुद्ध एयरको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर