२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्ध एयरको २४ वर्ष : गुणस्तरीय सेवासँगै पर्यटन विकासमा जोड

२५ आश्विन २०७७, आईतवार १२:००

असोज २५, काठमाडौँ (रासस) । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आज आफ्नो २४ औँ वार्षिकोत्सवका अवसरमा आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेको छ ।

सन् १९९७ मा आजकै दिन अर्थात् अक्टोबर ११ मा नेपाली आकाशमा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुआतमा अमेरिकाबाट ब्राण्ड न्यू जहाजबीच क्राफ्ट १९०० डी भित्र्याएको थियो । आज २३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३ जहाज, एक हजारभन्दा बढी कर्मचारी तथा लाखौँ देशीविदेशी यात्रु जोडिन आइपुगेका छन् ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अनवरत यात्रामा यात्रुको सेवा गुणस्तर तथा सामाजिक उत्तरदायित्वलाई ख्याल गरी सेवा विस्तार र प्राविधिक क्षमता अभिवृद्धि गर्न कम्पनी लागिपरेको  बताउनुभयो । उहाँका अनुसार  उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गरिएन ।

बुद्धले बन्दाबन्दीमा झण्डै ६ महिना आम्दानी पनि शून्य रहेका अवस्थामा  आफ्ना एक हजार १०० कर्मचारीलाई नियमित रूपमा तलब वितरण गरिएको जनाएको छ । प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजको मर्मतसम्भार रेखदेखमा कुनै पनि अवरोध नआओस् भन्ने हो । हामीले यस दौरान एक जना कर्मचारी पनि कटौती नगरी आवश्यक सबै तालीम सम्पन्न ग¥यौँ ।”

बुद्ध एयरले बन्दाबन्दीको केही दिनमै सङ्क्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएको थियो । कम्पनीले यसलाई  अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालीम तथा पिपिई प्रदान गरी उडान गन्तव्यमा पूर्वाभ्यास गरेको थियो ।  सेप्टेम्बर २१ देखि  उडान सञ्चालन हुने भएपछि बुद्ध एयरले भाडा दरमा भारी कटौती गरेको छ । निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा सङ्क्रमणरहित यात्रा गरून् भन्ने उद्देश्य रहेको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

आर्थिक चलायमानका सूचकाङ्कमा यात्रुको ओहोरदोहर पनि एक हो । आन्तरिक पर्यटनलाई पुनः गति दिन बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचारप्रसार गर्दै यसको भगिनी संस्था बुद्ध होलिडेजमार्फत प्याकेज पनि ल्याएको छ । सुरक्षित र सङ्क्रमणरहित तरिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्न सकेका खण्डमा विदेशी पर्यटकलाई पनि आत्मबल पुग्न जाने बुद्ध एयरको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली