पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २५, काठमाडौँ । </b>नेपाल राष्ट्र बैंकले सोमबार रु १८ अर्ब २५ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु तीन अर्बको टे«जरी बिल भने नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो । <br></p><p>बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त टे«जरी बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार रु तीन अर्बबराबरको नयाँ र रु १५ अर्ब २५ करोडबराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ । सो ट्रेजरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ । यस्तै केन्द्रीय बैंकले यही असोज २० गते रु १० अर्बबराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो । रासस </p>

