पढ्न करिब 1 मिनेट लाग्छ

साउन १५, एजेन्सी | बेलायतको नन लिग टिम स्पेनिमोर टाउनले न्युटन एक्लेफसँगको मैत्रिपूर्ण खेलको दोस्रो हाफ खेल्न अस्वीकार गरेको छ ।

न्युटन एक्लेफका खेलाडीले निकै खराब ट्याकल गरेको र त्यसका कारण आफ्ना खेलाडीको सुरक्षामा खतरा भएकाले दोस्रो हाफ नखेलेको स्पेनिमोर टाउनले दाबी गरेको छ । पहिलो हाफमा स्पेनिमोर टाउन १–० ले पछि परेको थियो ।

स्पेनिमोर टाउनले एक वक्तव्य निकालेर खेल अघि बढाउन चुनौती देखिएकाले आफूहरु खेलाडीको सुरक्षाका लागि दोस्रो हाफ नखेल्ने निर्णय गरेको उल्लेख गरेको छ ।

खेलाडी र खेल पदाधिकारीको सुरक्षा आफूहरुको पहिलो प्राथमिकता रहेको क्लबले उल्लेख गरेको छ । मैत्रिपूर्ण खेल भनिएपनि खेल कुनै युद्ध जस्तै भएको भन्दै नखेलिएको एक दर्शकलाई उद्धृत गर्दै मिररले लेखेको छ । तर न्युटन एक्लेफले भने त्यस्तो तनावको अवस्था नरहेको दाबी गरेको छ । स्पेनिमोरको निर्णयबाट आफूहरु अचम्मित भएको न्युटनका प्रशिक्षक एलन ओभरले बताए ।