साउन १६, धुन्चे । स्थानीय निकाय पुनर्संरचनाका विषयमा रसुवाको धुन्चेमा शनिबार बेलुका विभिन्न दलका केन्द्रीय नेताहरु सम्मिलित अन्तरक्रियामा स्थानीले आक्रमण गरेका छन् ।

सदरमुकाम धुन्चेमा तीन प्रमुख दलका केन्द्रीय नेता सम्मिलित अन्तक्रिर्याम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, धुन्चे । स्थानीय निकाय पुनर्संरचनाका विषयमा रसुवाको धुन्चेमा शनिबार बेलुका विभिन्न दलका केन्द्रीय नेताहरु सम्मिलित अन्तरक्रियामा स्थानीले आक्रमण गरेका छन् ।

सदरमुकाम धुन्चेमा तीन प्रमुख दलका केन्द्रीय नेता सम्मिलित अन्तक्रिर्याम"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस, एमाले र माओवादी नेतालाई गाउँलेले मरासन्न हुनेगरी कुटे, उपचारका लागि काठमाडौँ पठाइयो

२०७३, १६ श्रावण आईतवार ०३:३९

साउन १६, धुन्चे । स्थानीय निकाय पुनर्संरचनाका विषयमा रसुवाको धुन्चेमा शनिबार बेलुका विभिन्न दलका केन्द्रीय नेताहरु सम्मिलित अन्तरक्रियामा स्थानीले आक्रमण गरेका छन् ।

सदरमुकाम धुन्चेमा तीन प्रमुख दलका केन्द्रीय नेता सम्मिलित अन्तक्रिर्यामा आक्रमण हुँदा दलका नेता र कर्मचारीसमेत सातजना घाइते भएका छन् ।

रसुवा सदरमुकाम धुन्चेमा संघीय संरचनाअनुसार स्थानीय निकाय पुनर्संरचनाको तेस्रो सर्वदलीय बैठकको पूर्वतयारीस्वरुप शनिबार कांग्रेस एमाले, माओवादी केन्द्रका केन्द्रीय नेता सम्मिलित अन्तरक्रियामा स्थानीयले लाठी र कुर्सीले आक्रमण गरी तीनै दलका ६ केन्द्रीय नेता र एक कर्मचारीलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

स्थानीयको आक्रमणमा परी एमाले वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल, माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्र गौतम, माधव लामिछाने, मेघनाथ घिमिरे, कांग्रेस महाधिवेशन प्रतिनिधि जनकजीवन उपाध्याय र रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे घाइते भएको जानकारी रसुाका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले दिए ।

उनका अनुसार एमाले केन्द्रीय सदस्य अर्याल र काँग्रेस महाधिवेशन प्रतिनिधि उपाध्याय गम्भीर घाइते छन् । उनीहरुलाई रसुवा जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि शनिबार राति नै काठमाडौँ पठाइएको छ । अन्यको सदरमुकाम धुन्चेमै उपचार भइरहेको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते