Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक १८, काठमाडौँ | नेपालमा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २० जनाको कोरोना संक्रमित भई मृत्यु भएको छ । यो सहित कोरोना पुष्टि भई हालसम्म नेपालमा मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको हो ।&nbsp;<br></p><p>त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन् । नेपालमा हालसम्म संक्रमण हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।&nbsp;</p><p>त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना निको भइ घर फर्केका छन् । नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या एक लाख&nbsp; ४१ हजार १३४ पुगेको छ ।&nbsp;&nbsp;</p>