१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय विदेश सचिव नेपाल आउँने

२५ कार्तिक २०७७, मंगलवार ०४:५६

कात्तिक २५, काठमाडौं | भारतीय परराष्ट्र सचिव नेपाल आउने भएका छन् | नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकको तयारीसंगै भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने भएका हुन् |

यसअघि भारतीय सेनापति मनोज मुकुन्द नरवणेले तीन दिने नेपाल भ्रमण गरेका थिए | उनको भ्रमण लगत्तै दुई देशबीचमा परराष्ट्र सचिव र त्यसलगत्तै परराष्ट्र मन्त्रीस्तरको बैठकको तयारी अगाडी बढेको थियो | उनी नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने निश्चित भएको बताइएको छ |

विदेश भ्रमणका क्रममा उनी आइतबारदेखि माल्दिभ्सको भ्रमणमा छन् | नेपाल भ्रमणको क्रममा कालापानी, लिपुलेक, लिमियाधुरा लगायतका विषयमा कुराकानी हुने वा नहुने भन्ने निश्चित भने भइसकेको छैन | सन् भारतसँग सन २०१४ मा सुस्ता र कालापानीको विषयमा परराष्ट्र सचिव तहमा कुराकानी गर्ने सहमति भएपनि सीमासम्बन्धी विषयमा एउटा बैठक पनि बसेको छैन | उक्त भ्रमणमा द्विपक्षीय एजेण्डाहरुको बारेमा भने छलफल हुने बताइएको छ | 

दुवै देशका परराष्ट्र सचिवको नेतृत्वमा संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा अर्को महिना बस्ने तयारी भईरहेको छ | आयोगको बैठकमा सीमा विवादका सम्बन्धमा कुराकानी हुने कार्यक्रम रहेको छ | त्यस्तै  दुई देशको बिचमा सुस्ता र कालापानीबाहेक अन्य क्षेत्रमा देखिएका सीमा सम्बन्धी प्राविधिक समस्याहरु समाधन गर्न गठन गरिएको बाउन्ड्री वर्किङ गु्रप बैठकको तयारी गरिएको छ | उक्त बैठकका लागि नेपालले अगष्ट महिनामा नै प्रस्ताव गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड