कार्तिक ३०, एजेन्सी | रोमानियाको कोरोनाभाइरस अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ | रोमानियाको उत्तर–पूर्वी सहर पिएत्रा निभएमतामा रहेको कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आगो लागेको बताइएको छ |
आगलागीमा अरू केही जना जलेर घाइते भएका छन् | त्यस्तै बिरामीको उद्धारमा जुटेका एक जना डाक्टर जलेर गम्भीर घाइते भएको अधिकारीहरुले बताएका छन् । घाइते डाक्टरलाई उद्धार गरी सेनाको विमानमार्फत उपचारका लागि बुकारेस्ट लगिएको छ |
बिजुली शर्ट हुँदा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ |
रोमानियामा अहिलेसम्म साढे तीन लाखलाइ कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने आठ हजार आठ सयभन्दा धेरैको ज्यान गएको त्यंहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ |