कार्तिक ३०, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा १४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो |
यस्तै २ हजार ७ सय ९८ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ। सक्रिय संक्रमित ३५ हजार १२५ जना रहेका छन् |
त्यस्तै २४ घन्टामा कोरोनाकै कारण ६ जनाको मृत्यु भएको छ | योसँगै हालसम्म कोरोना भाइरसका कारण देशभर ज्यान गुमाउनेको संख्या १ हजार २ सय २१ पुगेको छ |