२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहान खाली पेटमा लसुनको प्रयोग, यस्ता छन् फाईदाहरु

२०७७, २ मंसिर मंगलवार ०६:४६

मङ्सिर २, काठमाडौं (एजेन्सी)। नेपाली खानाको स्वाद बढाउनका लागि लसुनको प्रयोग गर्ने गरिन्छ । लसुनको पातदेखि यसको केस्रासमेतले तरकारीको स्वाद बढाइदिन्छ । यसको सुगन्धले समेत तरकारीलाई थप स्वादिष्ट बनाउँछ । लसुनमा पाइने एलिसन र एजोइन साथै आर्गोसल्फर यौगिकका कारण शरीरालाई मजबुत बनाउँछ । 


लसुनलाई तरकारीको स्वाद बढाउनका लागि मात्रै होइन यसको सेवनले लामो समयसम्म औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग बिहान गर्दा सबैभन्दा बढी उपयोगी हुन्छ । 

कसरी खाने ?

लसुनको दुई वटा केस्रा लिएर त्यसको बाहिरको बोक्रा फाल्ने र थिचेर खाली पेटमा पानीसँग खाने । खाली पेटमा दुई केस्राभन्दा बढी लसुन खानुहुँदैन । तर, तपाईंमा वाकवाकी लागेमा, कब्जियत भएमा लसुनको सेवन नगर्नुस् । गर्भवती महिला, बच्चा, मधुमेह, न्यून रक्तचाप र स्तनपान गराइरहेकी महिलाले पनि खाली पेटमा यसको सेवन गर्न हुँदैन । 

के छ फाइदा ?

काँचो लसुन मुख गन्हाउने र पेटमा जलन पैदा गर्ने कारक तत्व बन्न सक्छ । तर यसको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । यसमो क्यालोरीको मात्रा कम र भिटामिन सी, भिटामिन बी६ र म्याग्नीजले भरपुर हुन्छ । यसमा भएको सल्फर यौगिकका कारण यो निकै फाइदाजनक हुन्छ । लसुन चपाउने, काट्ने र थिच्ने समयमा यसमा भएको यौगिक निस्किन्छ । र उक्त यौगिक पाचन नली हुँदै शरीरमा प्रवेश गर्छ । शरीरमा प्रवेश गरेपछि लसुनमा भएको यौगिकले बायोलोजिकल प्रभाव पार्छ । 

रोग प्रतिरोधात्मक क्षमता बढाउन

दिनमा ४ देखि ५ केस्रा लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । चिसो मौसममा यसको सेवन अत्यन्त जरुरी हुन्छ । यसमा भएको यौगिक र स्वतन्त्र रेडिकल्स र रोगको कारण बन्ने विभिन्न प्रकारका जिवाणुसँग लड्न मद्दत गर्छ । थिचेको लसुनमा एलिसन हुन्छ जसले स्वास्थ्यमा आन्तरिक रक्षा तन्त्र बढाउँछ । 

पेटको स्वास्थ्यका लागि 

पेट स्वस्थ हुनु र मोटोपनमा कमी आउनु दुवै एक अर्कासँग सम्बन्धित हुन्छन् । आन्द्रामा राम्रो ब्याक्टेरियाको संख्यामा कमी गर्न लसुन निकै फाइदाजनक हुन्छ । पेटसँगसम्बन्धित विभिन्न समस्या कम गर्न लसुनको प्रयोग गर्नुपर्छ । 

शरीरलाई डिटोक्स गर्न 

काँचो लसुनको सेवनले शरीरलाई डिटोक्स गर्छ । काँचो लसुनले शरीरबाट टोक्सिन्स निकाल्छ । लसुनमा हुने सल्फाइड्राइल यौगिकले शरीरमा भएको दुषित अंश हटाएर मधुमेह, डिप्रेशन र क्यान्सर जस्ता समस्या हुनबाट बचाउँछ । 

छालाका लागि फाइदाजनक 

सुख्खा छाला र चिलाउने समस्यामा लसुन फाइजनक हुन्छ । खाली पेटमा लसुनको सेवन गर्दा कोमल छाला र सफा छाला बनाउँछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह