साउन १७, काठमाडौं । पोखराबाट जोमसोम उड्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, काठमाडौं । पोखराबाट जोमसोम उड्"/>
२३ मंसिर २०८२, सोमबार
काठमाडौँ - KTM

तारा एयरको जहाज दुर्घटना, मौसम र पाइलट दोषी

१७ श्रावण २०७३, सोमबार ०२:३६

साउन १७, काठमाडौं । पोखराबाट जोमसोम उड्दै गरेको तारा एयरको टुइनअटर विमान दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको जाँच आयोगले पाँच महिनपछि प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत फागुन १२ गते म्याग्दीको दाना गाविसको सोलिघोप्टेभीरमा दुर्घटनाग्रस्त उक्त विमानमा सवार चालक दलसहित २३ जनाकै मृत्यु भएको थियो । घटनासम्बन्धी जाँच आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार जहाजको प्राविधिक कारण नभई मानवीय पक्ष (चालक दल)को मुख्य कमजोरी देखिएकोे छ । उनकाअनुसार त्यस दिन जहाज उड्नका लागि मौसम अनुकूल थिएन । 

दुर्घटना भएको कल साइन ९ एन–एएचएच भाइकिङ डीएचसी ६–४०० सिरिजको जहाज पोखराबाट उडेपछि बीच बाटोमा मौसम खराब भएको अनुमान यसअघि गरिएको थियो । प्रतिवेदनमा पाइलटले बल जफतरूपमा बादलमा जहाज प्रवेश गराएको उल्लेख छ ।

विमानलाई जोमसोमतर्फ अगाडि बढाउने गरी ल्यान्ड स्लाइड भन्ने विन्दुमा पुगेको भ्रम परेको स्थितिमा जमिनको उपस्थिति जनाउने यन्त्रमा देखिएको चित्र र सचेत गराउने आवाजको संवेदनशीलाता नबुझी लेटे भन्ने विन्दुतर्फ उचाइमा चढाउँदै अझ देब्रेतर्फ मोड्दा विमानको मुख्य संरचनाको तल्लो सतह चट्टानी पहाडमा ठोकिन पुगेको प्रतिवेदनले औंल्याएको छ ।

पोखराबाट जोमसम जाने क्रममा विमान उडान हुँदा भिजिविलिटी ५ हजार मिटर थियो । सोही समयमा विमानस्थलमा पनि ५ हजारभन्दा बढी भिजिविलिटी रहेको विमानस्थल कार्यालयले पोखरा विमानस्थललाई जानकारी गराएको थियो ।

सामान्यतः भीएफआर विमानका लागि ५ हजार भिजिविलिटीमा उडान अवतरण गर्ने अनुमति दिइन्छ । अन्य ठूला जहाजको हकमा भने थोरैमा पनि ११ सय मिटर भिजिविलिटी आवश्यक हुन्छ । जुन ट्रक रुटहरू हुनुपर्ने हुन्छ ।

प्रतिवेदनमा पोखरामा रहेको मौसम विभाग मातहतको निकायले जहाज उड्नका लागी दिएको भिजिविलिटी रिपोर्ट र नागरिक उडड्यन प्राधिकरण पोखराका एयर ट्राफिक (एटीसी)ले पाइलटलाई टिपाएको भिजिबिलिटीमै एक किलोमिटरको अन्तर छ । - कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम