Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बङ्गलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ३, काठमाडौँ (रासस) । बङ्गलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बङ्गलादेशविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ढाकामा रहनुभएका उपाध्यायलाई कोरोना भएको हो ।

सङ्क्रमित उपाध्यायको अहिले ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा उपचार भइरहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

उहाँको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि नेपाली फुटबल टोलीका एक खेलाडीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

नेपाली फुटबल टोली बङ्गलादेशविरुद्ध दुई अन्तरराष्ट्रिय खेल खेल्न ढाका गएको हो । गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाली टोली बङ्गलादेशसित २–० गोलले पराजित भएको थियो भने मङ्गलबार भएको दोस्रो खेल बङ्गलादेशसित गोलरहित बराबरी खेलेको थियो । नेपाली फुटबल टोली बिहीबार स्वदेश फर्कने एन्फाले जनाएको छ ।