Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महोत्तरीमा सडक दुर्घटनामा परी एक युवकको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ३, महोत्तरी (रासस) । महोत्तरीको बर्दिबास चोकमा सडक दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्ग (बर्दिबास–बनेपा मार्ग) को सङ्गमस्थल रहेको बर्दिवासमा सडक दुर्घटनामा परी सिन्धुली जिल्लाको तीनपाटनका २६ वर्षीय आशालाल परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना७ख ३५२१ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करले ग९प ५३२१ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिनुभयो ।

घटनास्थलमा घाइते भएका परियारलाई नजिकैको शुभस्वस्तिक अस्पताल पु¥याइएको केहीबेरमै चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

मृतक परियार मोटरसाइकलको पछिल्लो सिटमा थिए । मोटरसाइकल चालक परियारकै भाई भने सकुशल छन् । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरी नायब उपरीक्षक चापागार्इंले बताउनुभयो ।