Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अब विदेशी नागरिक मंसिर ३० सम्म नेपाल प्रवेश गर्न नपाउने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ४, काठमाडौँ | विदेशी नागरिकलाई नेपाल सरकारले मंसिर ३० सम्म प्रवेशमा रोक लगाएको छ | सरकारले नेपाल प्रवेश गर्ने सवै प्रवेशविन्दु र खुला सिमानाकाको जुनसुकै ठाउँबाट हुनसक्ने आगमन मंसिर ३० गते सम्म रोक्ने निर्णय गरेको हो |

तर, नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र गैर सरकारी संस्थामा काम गर्ने विदेशी र उनिहरुका परिवार चाहिँ ७२ घण्टाभित्रको ‘नेगेटिभ पिसिआर परिक्षण रिपोर्ट’ देखाएर नेपाल आउन सक्नेछन् । अध्यागमन विभागका अनुसार ५ वर्षमुनिका बाल बालिकाको हकमा पिसिआर रिपोर्ट आवश्यक छैन |

‘अन्य विदेशी नागरिकललाई संस्थागत सिफारिसका आधारमा मात्र आगमन बिन्दुमा भिसा प्रदान गरिने छ’ अध्यागमन विभागले जारी गरेको सूचनामा भनिएको छ–‘परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा विदेशस्थित नेपाली कुटनैतिक नियोगको पूर्व स्वीकृति भए मात्र आगमन विन्दुमा भिसा जारी गरिने छ | ’