मंसिर ४, काठमाडौँ | निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारको भिडियो अपलोड गर्ने एकजना पक्राउ परेका छन् | टिकटकमा भिडियो अपलोड गर्ने विशेष जोशीलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो |
भक्तपुर नगरपालिका- २ टौमढीका उनलाई बिहीबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ |
निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो अपलोड भएपछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेको थियो |
प्रहरीका अनुसार,यसबारे थप अनुसन्धान भइरहेको छ |