२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इन्फास्ट्रक्चर बैंकको आईपीओ प्रस्ताव पारित, एकैपटक ८ अर्बको सेयर आउँदै

२०७७, ४ मंसिर बिहीबार ०७:०६

मंसिर ४, काठमाडौं । इन्फास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ प्रस्ताव पारित भएको छ । बैंकको बुधबार बसेको साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । 

देशको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न स्थापित नेपालको एउटामात्रै बैंकको रुपमा रहेको सो बैंकले चुक्ता पुँजीको ४० प्रतिशतले हुने ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेगरी तयारी गरेको थियो । हाल १२ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सो बैंकले सो आईपीओ निष्कासन गरेपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ नाघ्नेछ । यो पुँजी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरुमध्ये हालसम्मकै सबैभन्दा बढी हुनेछ । 


राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका जुनसुकै बैंक तथा वित्तीय संस्थाले स्थापनाको ३ आर्थिक वर्षभित्र अनिवार्य रुपमा सर्वसाधारणमा जानुपर्ने व्यवस्था छ । सोही अनुसार निफ्राको साधारणसभाले प्रस्ताव पास गरेको हो । यो प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरेपछि धितोपत्र बोर्डमा स्वीकृतिका लागि बैंकले आवेदन दिनेछ । बोर्डबाट निष्कासन गर्न स्वीकृति प्राप्त भएपछि आईपीओ निष्कासन हुनेछ । 

बैंकले यही त्रैमासभित्र (पुस मसान्त) भित्रै आईओ निष्कासन गरिसक्ने लक्ष्य लिएर अघि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली बताउँछन् । इन्फास्ट्रक्चर बैंकमा हाल नेपाल सरकारसहित बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र कर्पोरेट हाउसको समेत लगानी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै