पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ५, काठमाडौँ | काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । काठमाडौं उपत्यकामा हालसम्म एक लाख ८७२ जना संक्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको हो ।

हालसम्म काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा ७ हजार ३३६ जना संक्रमित भएका छन्।

यसैगरी हालसम्म काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा ७१ हजार ५९१, ललितपुरमा ९ हजार ६३१ र भक्तपुरमा ६ हजार ४७० जना संक्रमित निको भएका छन्।

देशभर १ हजार ९४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।

२४ घण्टामा ५ हजार ३६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ९१हजार २ पुगेको छ।

आज देशभर २४ हजार ६५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना कारण १ हजार २९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।