पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ६, काठमाडौँ | शनिबार देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ | मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ |

शनिबार दिउँसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यता, प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |

त्यस्तै, राति प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

भने, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |