२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइतबारबाट राजा वीरेन्द्रको निजी निवास खुल्ने

२०७७, ६ मंसिर शनिबार ०७:४१

मंसिर ६, काठमाडौं | आइतबारदेखि राजा वीरेन्द्र शाहको निजी निवास ‘श्रीसदन’खुला गरिने भएको छ | शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबारभित्रको श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गर्ने भएका हुन् |

आइतबारदेखि नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका  र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने छन् | कोरोना भाइरसका कारण लकडाउन सुरु भएलगत्तै नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो |

आइतबारबाटै संग्राहालय पुनः खुला गरिने भएको छ | राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी, बिरेन्द्रले प्रयोग गर्ने हवाईजहाज र हेलिकप्टरसमेत सर्वसाधारणले अवलोकन गर्न पाउने छन् | श्रीसदनको तीनतले भवनको भुुइँतलामा तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय, भान्सा र विश्राम गर्ने कोठा रहेको छ । पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष छ । दोस्रो तलामा तत्कालीन अधिराजकुमार नीराजनको कक्ष र तत्कालीन अधिराजकुमारी श्रुतिको कक्ष छ |

राजा वीरेन्द्रले आफ्नो डिजाइनमा २०२३ सालमा सो भवन निर्माण गर्न लगाएको बताइन्छ |  श्री सदन निवास दरबार हत्याकाण्डअघि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवासको रुपमा प्रयोगमा थियो | वि सं २०५८ जेठ १९ गते राजा बिरेन्द्रको बंशनाश हुनेगरी दरवार हत्याकाण्ड भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु