२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज देखि राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ सर्वसाधारणले हेर्न पाउने

२०७७, ७ मंसिर आईतवार ०४:५८

मंसिर ७, काठमाडौं | आजदेखि तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्रीसदन’सर्वसाधारणका लागि खुला गरिने भएको छ | शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबारभित्रको श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गरेका हुन् |

आइतबारदेखि नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका  र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने छन् | कोरोना भाइरसका कारण लकडाउन सुरु भएलगत्तै नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो |


आइतबारबाटै संग्राहालय पुनः खुला गरिने भएको छ | राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी, बिरेन्द्रले प्रयोग गर्ने हवाईजहाज र हेलिकप्टरसमेत सर्वसाधारणले अवलोकन गर्न पाउने छन् | श्रीसदनको तीनतले भवनको भुुइँतलामा तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय, भान्सा र विश्राम गर्ने कोठा रहेको छ । पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष छ । दोस्रो तलामा तत्कालीन अधिराजकुमार नीराजनको कक्ष र तत्कालीन अधिराजकुमारी श्रुतिको कक्ष छ |

राजा वीरेन्द्रले आफ्नो डिजाइनमा २०२३ सालमा सो भवन निर्माण गर्न लगाएको बताइन्छ |  श्री सदन निवास दरबार हत्याकाण्डअघि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवासको रुपमा प्रयोगमा थियो | वि सं २०५८ जेठ १९ गते राजा बिरेन्द्रको बंशनाश हुनेगरी दरवार हत्याकाण्ड भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा