Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अमेरिकी विदेशमन्त्रीले भेटे अफगान सरकार र तालिबानका संयोजकसंग

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ७, एजेन्सी | अमेरिकी विदेशमन्त्रीले अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीहरुका शान्ति वार्ताका मध्यस्थकर्ताहरुसँग भेट गरेका छन् | कतारको दोहामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शनिबार भेटेका हुन् |

ती दुवै जनासँगको सो भेटघाटका क्रममा अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा पछिल्ला समयमा हिंसा बढेकोप्रति चिन्ता व्यक्त गरेका थिए । त्यस भेटका क्रममा विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा यस्तो प्रकारको हिंसालाई घटाउन, शान्ति वार्ताको समयमा गरेको प्रतिबद्धता बमोजिम युद्धविरामको अवस्था पालना गर्न पनि भनेका थिए |

पछिल्लो समय अफगानिस्तानको सरकार र तालिबानका तर्फबाट शुरु भएको भनिएको सो वार्ता पनि रोकिएकोले त्यस वार्ताको क्रमलाई अघि बढाउन पनि उनले दुवै तर्फका वार्ता टोलीका संयोजक तथा मध्यस्थकर्ताहरुलाई आग्रह गरेका थिए |

शनिबार मात्रै अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण भएको थियो | उक्त रकेट आक्रमणमा परेर कैयौँ मानिस मारिएको थिए । उक्त २३ वटा रकेट आक्रमण गरेर हिंसात्मक हमला भएको दिन नै अमेरिकी विदेश मन्त्री पोम्पेओ दोहा पुगेका छन् |

महिना अघि देखि दोहामा अफगानिस्तानको सरकार र तालिबानको शान्ति वार्ता शुरु भएको भनिएको थियो तर अहिले आएर निकै दिनदेखि सो वार्ता रोकिएको थियो । त्यसैले  अमेरिकी विदेशमन्त्री पोम्पेओले दुई पक्षबीचमा शुरु भएको सो वार्तालाई निरन्तरता दिन भनेका हुन् | यसअघि उक्त वार्ता शुरु गर्नका लागि पनि अमेरिकाले सहयोग गरेको थियो |