पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मंसिर ७, काठमाडौँ | </b>नेपालमा पछिल्लो २४ घन्टामा १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा ८०३२ जनाको पिसिआर परीक्षण गर्दा १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो | <br></p><p>त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना मुक्त हुनेको संख्या ५६९९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | हाल देशभर सक्रिय १९९६३ संक्रमित रहेका छन् | मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको छ | </p><p>योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३२१ पुगेको मन्त्रालयको तथ्यांक छ |</p>

