Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कोभिड जोखिमकै बीच १२ को परीक्षा

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ९, काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्दै छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण कार्यविधि २०७७ पारित गरी परीक्षा सञ्चालन गर्न लागेको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले बताए। उनले परीक्षा सञ्चालन गर्दा नेपाल सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सञ्चालन गर्न स्थानीय तह, परीक्षा समन्वय समिति तथा सबै केन्द्राध्यक्षलाई अभिमुखीकरणसमेत गरिसकेको जनाए।

जोखिमकै कारण बोर्डले कक्षा १२ को लिखित परीक्षा ४० प्रतिशत मात्र सञ्चालन गर्दै छ। समय बढीमा डेढ घण्टा मात्र कायम गरिएको बोर्डले जनाएको छ। ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थीका लागि ४ हजार १ सय ५ परीक्षा केन्द्र तोकिएको छ। कोरोना महामारीको समयमा भौतिक उपस्थितिमा गरिएको यो पहिलो परीक्षा भएको अध्यक्ष पैडेलले बताए।

‘प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य राख्ने व्यवस्था गरिएको छ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअगाडि मात्र केन्द्राध्यक्षको इमेलमा पठाइने बोर्डको निर्णय हो।’ उनले थपे, ‘परीक्षार्थीका अभिभावक र मिडियालई केन्द्रवरिपरि भिडभाडका लागि निषेध गरिएको छ। परीक्षामा अनियमित तथा अमर्यादिन कार्य गर्नेलाई एक लाख जरिवाना वा ६ महिना कैद वा दुवै गरिने व्यवस्था गरिएको छ।

कात्तिक २ गते बसेको बोर्ड बैठकले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणिकीकरण कार्यविधि २०७७ पारित गरेको थियो। परीक्षा सोही कार्यविधिअनुसार हुने तय गरिएको प्रवक्ता अर्यालले जनाए। यो समाचार आजको नागरिक दैनिकमा रूबी रौनियारले लेखेकी छिन् ।