Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुसका चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १२, मस्को (रासस/सिन्ह्वा) । रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने तयारी भएको छ ।

रक्षा मन्त्री सेर्गेइ शोइगुले देशका सैन्य कर्मचारीहरुलाई खोप दिने योजना बनाइएको बारेमा शुक्रबार जानकारी दिनुभएको हो ।

राष्ट्रपति कार्यालयको निर्देशन बमोजिम सरकारले सैन्य कर्मचारीहरुलाई खोप दिने तयारी गरिरहेको रक्षा मन्त्रालयको बोर्ड बैठकमा उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आजको मितिसम्म दुई हजार ५०० जनालाई खोप दिइसकिएको छ, यो बर्षको अन्त्यसम्ममा खोप पाउनेको सङ्ख्या असी हजार पुग्नेछ ।”

रुसले कोरोनाभाइरसविरुद्ध दुई खोप बनाएको छ । एउटाको नाम स्पुतनीक पाँच हो भने अर्को खोपको नाम इपिभ्याककोरोना हो ।

तेस्रो खोप पनि अहिले बन्ने क्रममा नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले यो खोपको चिकित्सकीय परीक्षण पनि यही बर्ष सन् २०२० सम्ममा सम्पन्न भइसक्ने बताएका छन् ।

सरकारले नयाँ बर्ष अगाडि नै आम रुपमा निःशुल्क खोप वितरण शुरु गर्ने लक्ष्य राखेको अधिकारीहरुले जनाएका छन ।

यो कार्य विभिन्न चरणमा हुने पनि रुसको प्रशासनिक केन्द्रका प्रवक्ता डिमित्री पेस्कोभले जानकारी दिनुभयो ।