Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट भ्रामक भएको भन्दै सरकारले गर्यो अस्विकार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर १४, काठमाडौं | सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई अस्विकार गरेको छ | उक्त  रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले नस्वीकार्ने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् |

उनले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने बताएका हुन् | आइतबार आयोजित पत्रकार सम्मेमलनमा मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै उक्त प्रतिबेदन नस्वीकार्ने बताए |

सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिहरु भएकाले उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने दावी गरेको छ । रिपोर्टमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारलाई प्रशय दिएको उल्लेख गरिएको थियो |

उक्त संस्थाले सार्वजनिक गरेकोप्रतिवेदन अनुसार एसियाका १७ वटा देशमा गरिएको सर्वेक्षणमा नेपाल पहिलो नम्बरमा भ्रष्टाचार गर्ने मुलुकमा परेको थियो |