Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धितोपत्र बोर्डले भन्यो, ‘हल्ला र अनुमानका पछाडी नलागी लगानी गर्नुस्’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १५, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई विचार गरेर मात्र शेयरबजारमा लगानी गर्न आग्रह गरेको छ । बोर्डले सोमबार एक विज्ञप्ती जारी गर्दै नेप्सेले निरन्तर नयाँ रेकर्ड बनाइरहँदा विचार गरेर मात्र लगानी गर्न आग्रह गरेको हो ।

पछिल्ला केहि दिन यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दिनहुँ नयाँ रेकर्ड कायम हुँदै आएको छ । बोर्डद्धारा जारी विज्ञेप्तीमा भनिएको छ, ‘पछिल्ला केहि दिन यता दोस्रो बजारमा कारोबार रकम र नेप्से सूचक हालसम्मकै उच्च अंकमा रहन गएको छ । जुन पूँजी बजारमा खुशीको कुरा हो । यद्यपी लगानीकर्ताहरुले पूँजी बजारका केहि स्थापित मूल्य र मान्यता अनुरुप सूचिकृत संगठनित संस्थाको वित्तीय अवस्था, आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरि लगानी सम्बन्धि निर्णय लिनु लगानीकर्ताको हितमा हुनेछ ।’

‘लगानी गर्दा हल्ला र अनुमानका पछाडी नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरुश्रको वित्तिय स्थितीको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरि सजक भई लगानी गर्न अनुरोध छ’, विज्ञप्तीको भनिएको छ ।