Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर १६, काठमाडौँ |</b> बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ परेका छन् | तीन जना नाबालकलाई बाल यौन दुराचार तथा शोषण गरेको आरोपमा ति व्यक्तिलाई पोखराबाटकेन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो |<br></p><p>पक्राउ पर्नेमा ६० वर्षीय क्रिस्टिन सर्ज हेनरी नगरेट रहेका छन् | उनलाई पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुर्सेखोला बगरबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ | उनी पोखरा-६ खहरे बस्दै आएका थिए |</p><p>उनी गैरपर्यटक भिसामा बस्दै आएका छन | उनी करिब १६/१७ वर्षदेखि भिसाको समय थप्दै पोखरा बस्दै आएका छन् | उनलाई १२, ८, ७ वर्षका नाबालकलाई बाल यौन शोषण गरिरहेकै बेला रंगेहात समातिएको ब्युरोले जनाएको छ |</p>