Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीको प्रहरीचौकीमै झडप, ६ जना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर १७, बैतडी | </b>बैतडीको पञ्चेश्वर गाउँपालिका–५ बलारामा प्रहरी चौकीमा २ समुहबीच झडप भएको छ | स्थानीय गणमेश्वर मन्दिरमा लागेको मेलामा महिला जिस्काएको निहँुमा दुई समुहबिच झडप भएपछि छलफलमा लागि प्रहरी चौकीमा बोलाएका बेला पुनः झडप भएको हो |<br></p><p>झडपमा परी पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए | उनका अनुसार, घाइतेलाई उपचारका लागि धनगढी रेफर गरिएको छ |</p><p>चौकीमा झडप गर्नेमध्ये ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |</p>