पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मंसिर ३०, काठमाडौँ |</b> नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ | योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।</p><p>आज थप १९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३८ हजार ५६९ पुगेको छ | उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।</p><p>नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ | योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७३० पुगेको छ ।</p>

