Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भोलि देखि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्ने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २, काठमाडौँ |</b> शुक्रबार देखि काठमाडौँ उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने भएको छ | बिहीबार रक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले उक्त निर्णय गरेको हो |<br></p><p>सरकारले कोरोना महामारीका कारण अन्य सेवा खुलाएपनि&nbsp; जोए बिजोर प्रणाली भने कायमै राखेको थियो | जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्। तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।&nbsp;</p><p>नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नैगरिसकेका छन् | पछिल्लो समय उपत्यकामा सवारी साधनको चाप दिनदिनै बढ्दै गएको छ |</p>