पढ्न करिब 1 मिनेट लाग्छ

पुस ३, काठमाडौँ | गृह मन्त्रालयलले शुक्रबार ६ सहसचिव र १२ उपसचिव गरी १८ जनाको सरुवा गरेको छ। गृह मन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गरेर उनीहरुको सरुवा गरेका हुन् ।

सरुवा हुनेमा केही जिल्लाका जिल्लाका प्रमुख जिल्ला अधिकारी समेत रहेका छन् । निर्णयअनुसार ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ।

ललितपुरको प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई सरुवा गरिएको छ। यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए। त्यस्तै केशवप्रसाद बिमलीलाई जिल्ला प्रशासन कार्यालय धनकुटाबाट महोत्तरी सरुवा गरिएको छ भने धनकुटामा गृहका सहसचिव वासुदेव दाहाललाई पठाइएको छ।