३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपमा नयाँ वर्षको विदा मनाउने क्रममा भिडभाड र समारोह नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

४ पुष २०७७, शनिबार ०८:३९

पुस ४, कोपेनहेगन(रासस/सिन्ह्वा)। विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न सुझाव दिएको छ । युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउनका लागि नागरिकहरुले ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न आग्रह गरेको हो ।

यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको सो समाचारमा जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जनाउनुभएको हो । उहाँले अहिले पनि युरोपका कतिपय देशहरुमा महामारीको दोस्रो लहर आएको र यसले गर्दा युरोपका देशहरुमा मानसिक स्वास्थ्यको अवस्था देखिएकोले सजगता अपनाउन भन्नुभएको हो । उहाँले आगामी नयाँ वर्षका अवसरमा युरोपमा पहिलेका वर्षहरुमा जस्तै बिदा मनाउने क्रममा पहिलेका वर्षहरुमा जस्तै ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने गर्नाले कोरोना भाइरसको महामारी झनै विस्तारित हुनसक्ने बताउनुभएको हो ।

युरोपका निर्देशक ह्यान्सले शनिबार भन्नुभएको छ युरोपमा पछिल्लो समयमा यो महामारी झनै ठूलो मात्रामा बृद्धि भइरहेकोले अहिले झनै सतर्कता र सजगता अपनाउनुपर्ने आवश्यकता छ । उहाँले युरोपमा मात्र २ करोड ३० लाखभन्दा बढी नागरिक यो महामारीबाट संक्रमित भएका छन् भने यस महामारीका कारण पाँच लाखभन्दा पनि बढी मानिसको ज्यान गएको पनि बताउनुभएको छ । 

उहाँले यो चिसोको मौसममा युरोपेली देशहरुमा पहिलेको भन्दा अझ बढी सतर्कता अपनाउनुर्ने पनि बताउनुभएको समाचारमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट