Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेका युवकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ६, दाङ |</b> टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ । </p><p>दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।&nbsp;<br></p><p>शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर घाइते भएका थिए | टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए।</p>