पढ्न करिब 1 मिनेट लाग्छ

पुस ६, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले चौथोपटकको प्रतिबन्धपछि पुनः हङकङ उडान गर्ने भएको छ | यसअघि नेपालमा पिसिआर रिपोर्ट नेगेटिभ आएका यात्रुमा हङकङ पुगेपछि कोरोना

परिक्षण गर्दा पोजेटिभ देखिएपछि एयरलाइन्सले बारम्बार प्रतिबन्ध खेप्नुपरेको थियो |

एयरलाइन्स सोमबार राति देखि उडान थाल्ने भएको हो | कोभिड–१९ को सङक्रमणको जोखिम बढ्दै गएको र यसको रोकथामका लागि हङकङ सरकारले विभिन्न स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु निर्धारण गरेको छ |

जसअनुसार अब अन्तर्राष्ट्रिय सीमाबाट हङकङ प्रवेश गर्ने यात्रुहरुले सरकारले तोकेको होटलहरुमा मात्र क्वारेन्टिनका लागि बस्न पाउने भएका छन् |

सरकारले तोकेका होटलहरुमा मात्र क्वारेन्टिनका लागि बुकिङ्ग गर्न नेपाल एयरलाइन्सले यात्रुहरुलाई अनुरोध गरेको छ | त्यस्तै होटल बुकिङ्ग निश्चितता (Booking Confirmation)को प्रमाण‚ उडानको ४८ घण्टाभित्र स्वाव दिएको RT-PCR नेगेटिभ (Negative) प्रमाणपत्र‚लगायतका अन्य आवश्यक कागजातहरु आवश्यकपर्ने एयरलाइन्सले जनाएको छ |

पछिल्लो पटक पाँच जना यात्रुमा हङकङ पुगेपछि कोरोना रिपोर्ट पोजेटिभ देखिएसंगै नेपाल नेपाल एयरलाइन्स दुई हप्ताका लागि प्रतिबन्धमा परेको थियो |