पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस,६ काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६३५१ पिसिआर गर्दा ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।<br></p><p>हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा एक हजार ७९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ।</p><p>त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ९५ पुगेको छ।</p>

