पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस ८, काठमाडौं ।</b> सरकारले बेलायतबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । योसंगै अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिट भएर नेपाल प्रवेश गर्न पाउने छैनन् ।<br></p><p>बुधबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार,अर्को सूचना जारी नभएसम्म बेलायतबाट नेपाल आउने यात्रुलाई प्रतिबन्ध लगाइने छ । बेलायतमा पछिल्लो समय देखिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै बेलायतबाट हुने उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ ।</p><p>यससँगै अब नेपालबाट बेलायत जाने यात्रुको यात्रामा समेत रोक लागेको छ । प्राधिकरणले बेलायतबाट हुने सबै उडानमा रोक लगाउने निर्णय गरेसँगै नेपालबाट समेत उडान बन्द हुनेछन् ।</p>

