पुस ८, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट नेपाल आएकाहरुलाई अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले पौष १ गते देखि ७ गते भित्र बेलायत वा बेलायत हुँदै आएका नेपालीहरुलाई १० दिन होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको हो ।
संयुक्त अधिराज्य बेलायतमा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएसंगै सरकारले बुधबार मध्यरातबाट लागु हुनेगरी वेलायत वा उक्त देश भएर नेपाल आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ ।सरकारले नेपाल प्रवेश गरेको मितिले ७ दिन देखि १० दिन भित्र सरकारी स्वास्थ्य प्रयोगशालामा गएर आर. टी.पि.सि.आर. परिक्षण गर्न अनुरोध गरेको छ ।
यसरी गरिएको पिसिआर परिक्षणको शुल्क नलाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।