पढ्न करिब 1 मिनेट लाग्छ

पुस १०, काठमाडौं । नागरिक लगानी कोषले यहि पुष २८ गतेदेखि माघ १९ गतेसम्मको लागि एक कित्ता बराबर ०.८२८४ का दरले हकप्रद निष्काशन गर्ने भएको छ। हकप्रद निष्काशनको लागि पुस १४ गतेको लागि बुक क्लोज गर्ने निर्णय गरिएकाले पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र कोषको हकप्रद भर्न सक्ने छन्।

पुष १३ गतेसम्म कायम इच्छुक सेयरधनीहरुले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड काठमाडौं, राष्ट्रिय बाणिज्य बैंकका तोकिएका शाखा, नागरिक लगानी कोषका तोकिएका कार्यालय, तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट कोषको हकप्रद भर्न सकिनेछ।

कोषले १:०.८२८४ का दर (८२.८४) प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने छ । जस अनुसार कोषले एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गर्ने छ । हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।