Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस १३, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका एक सय ९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए । महाशाखाले सोमबार मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ ।

मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैलाई अनिवार्यरूपमा १० दिन होटल क्वरेण्टीनमा बस्न अनुरोध गरेको थियो ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले कोभिड–१९ को विकसित रूप नै नयाँ प्रजातिको भाइरस रहेको बताए । ‘भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो’, उनले भने, ‘कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।’ उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए । उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएकालाई पीसीआर परीक्षण गरेर क्वरेण्टीनमा राखिएको बताए ।

महाशाखाका निर्देशक डाक्टर पाण्डेले पीसीआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले फेरि परीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको बताए । उनका अनुसार ती सङ्क्रमितको उपचार पनि कोभिड–१९ का बिरामीको जसरी नै गरिन्छ ।