पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस १४, काठमाडौँ। </b>मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज रु ८ सयले घटेर छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको मूल्य ९३ हजार ६ सयमा कारोबार भएको छ | यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।</p><p> सोमबारको तुलनामा प्रतितोला रु १५ ले घटेर चाँदीको मूल्य १३ सय कायम भएको छ ।</p>

