२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक वर्षमा ५० पत्रकारको हत्या

२०७७, १४ पुष मंगलवार ०९:१४

पुस १४, पेरिस । सन् २०२० मा विश्वभरी कुल ५० पत्रकार तथा सञ्चारकर्मीहरुको हत्या भएको छ । रिपोटर्स विथाउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरुमा भएको उल्लेख गरेको छ ।

प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमुलक समाचार लेख्ने पत्रकारहरु बढी प्रभावित भएको औंल्याएको छ । हत्याका घटना विशेष गरेर मेक्सिको, भारत र पाकिस्तानमा भएको भन्दै त्यहाँका घटनाका बारेमा धेरै चर्चा प्रतिवेदनमा गरिएको छ ।

पत्रकार हत्या सम्बन्धी घटनामध्ये ८४ प्रतिशत घटना नियोजित र योजनाबद्ध रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकी गत बर्ष सन् २०१९ मा यस्ता घटना ६३ प्रतिशत मात्रै रहेको पनि बोडर्सले जनाएको छ । 

“यस संस्थाले लामो समयदेखि बार्षिक यस्ता प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ, तर यस्तो अवस्था कमै मात्रै देखिएको थियो,” रिपोर्टर्स विथाउट बोडर्सका प्रधान सम्पादक पौलिन अडेस मेभेलले भनेका छन् ।  

सबैभन्दा धेरै पत्रकारको हत्या मेक्सिकोमा भएको पाइएको छ । मेक्सिकोमा आठ पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । उनीहरुको हत्या विशेष गरेर लागुऔषध ओसारपसार र राजनीतिक घटनासँग सम्बन्धित भएर गरिएको उनले जानकारी दिएका छन् । मेक्सिकोमा भएको हत्यामा संलग्नमध्ये कसैलाई कारबाही भएको छैन । 

अफगानिस्तानमा द्वन्द्वका क्रममा पाँच पत्रकारको हत्या भएको छ । शान्ति वार्ताको प्रयास भइरहे पनि अफगानिस्तानमा लामो समयदेखिको द्वन्द्व अझै कायमै छ । विश्वभरी अघिल्लो वर्ष सन् २०१९ मा ५३ पत्रकारको हत्या भएको थियो । त्यो अनुसार यस वर्षको सङ्ख्या भने कम भएको हो । कोरोना भाइरसको महामारीका कारण हिंसात्मक घटना कम भएको, पत्रकारहरु कार्यक्षेत्रमा कम गएकोलगायतका कारणले कमी आएको हुन सक्ने बोडर्सले जनाएको छ । एएफपी/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित