पुस १४, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला गरिएको पिसिआर परिक्षणमा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ।
त्यस्तै,यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ४० पुगेको छ ।